Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

तीन प्रदेशका पहाडी भूभागमा आज दिउँसो ‘भारी वर्षा’को सम्भावना, सतर्क रहन आग्रह

  •   ९ महिना अघि | २२ साउन २०८२, बिहिबार

काठमाडौं, साउन २२ ।

देशभर मनसुनी प्रणाली सक्रिय रहँदा तीन प्रमुख प्रदेशका पहाडी क्षेत्रहरूमा आज दिउँसोदेखि ‘भारी वर्षा’को सम्भावना रहेको मौसमविद्हarले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार, कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा दिउँसो एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ।

त्यस्तै, कोसी र लुम्बिनी प्रदेशका पहाड र तराईका केही ठाउँमा तथा अन्य प्रदेशका थोरै स्थानमा मध्यम खालको वर्षा हुने सम्भावना पनि देखिएको छ।

रातभर पनि सक्रिय रहने सम्भावना

रातिको समय (आज साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म) मा पनि देशभर सामान्यतया मौसम बदली रहने छ। विशेष गरी कोसी, लुम्बिनी र मधेस प्रदेशका पहाड तथा तराईका केही क्षेत्रहरूमा मध्यम वर्षा, कोसी प्रदेशका पहाडी भूभागमा भने फेरि एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ।

के हो भारी वर्षा ?

महाशाखाका अनुसार—

१० मिमि भन्दा कम = हल्का वर्षा

१०–५० मिमि = मध्यम वर्षा

५०–१०० मिमि = भारी वर्षा

१००–२०० मिमि = धेरै भारी वर्षा

२०० मिमि माथि = अति भारी वर्षा

त्यस्तै, ‘एक–दुई स्थान’ भन्नाले कुल क्षेत्रफलको १० प्रतिशतभन्दा कम भूभागमा वर्षा देखिन्छ भन्ने बुझिन्छ। ‘केही स्थान’ ३०–५० प्रतिशत क्षेत्र, ‘धेरै स्थान’ ५०–८० प्रतिशत र ‘अधिकांश स्थान’ ८० प्रतिशतभन्दा बढी भूभागलाई जनाउँछ।

सावधानी अपनाउन आग्रह

मौसम विभागले वर्षाका कारण पहिरो, बाढी र डुबानको जोखिम हुन सक्ने भन्दै विशेषगरी पहाडी र तराई क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन आग्रह गरेको छ। नदी आसपासका बस्तीहरू, जोखिमयुक्त सडकखण्ड र पहिरोसम्भावित क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

  • Jigyasanepal

थप