Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

कैलालीमा युवकको हत्या, टाउको लिएर प्रहरी कार्यालयमा

  •   १२ महिना अघि | २५ असोज २०८२, शनिबार

काठमाडौं । कैलालीमा एक युवकको घाँटी रेटेर बीभत्स हत्या गरिएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका-८ मा शुक्रबार राति सुर्खेतको चौकुने गाउँपालिका-३ का २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार हत्यामा संलग्न दुई युवकलाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा घोडाघोडी गाउँपालिका-८ का १८ वर्षीय बलबहादुर विक र १९ वर्षीय गंगा बुढा क्षेत्री छन्।

प्रहरीका अनुसार खाजा पसलमा रक्सी खाने बेला विवाद हुँदा उनीहरूले धारिलो हतियार प्रयोग गरी केशरको टाउको छिनालेका हुन्। 

हतियार र छिनालेको टाउको बोकेर राति घोडाघोडी नगरपालिका-३ स्थित उनीहरू अस्थायी प्रहरी पोस्ट प्रतिखेतनजिक पुगेका थिए। 

प्रहरीले राति कता हिँडेको भनेर सोधेपछि उनीहरूले मान्छे मारेको र टाउको बोकेर आएको भनेका थिए।

हत्यामा संलग्न ती युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

  • Jigyasanepal

थप