Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

बुद्धमाई अस्पताललाई फोहर व्यवस्थापनमा लापरवाहीका कारण एक लाख जरिवाना

  •   २ वर्ष अघि | २ कार्तिक २०८१, शुक्रबार

काठमाडौं, कात्तिक २ — काठमाडौं महानगरपालिकाले टेकुस्थित बुद्धमाई अस्पताललाई फोहर व्यवस्थापनमा लापरवाही गरेको भन्दै एक लाख रुपैयाँ जरिवाना गरेको छ। महानगरपालिकाले अस्पताललाई पटक-पटक सुधारको आग्रह गरे पनि अटेरी भएपछि चौथोपटकको अनुगमनमा यो जरिवाना गरेको हो।

अस्पतालमा पहिलो अनुगमन २०७९ फागुन ११ मा भएको थियो, जहाँ नर्सिङ स्टेशनमा मेडिसिन ट्रली नभएको र फोहर व्यवस्थापनका लागि आवश्यक रङ सङ्केतसहितका बाल्टिनहरू नदेखिएको थियो। त्यसपछि, सुधारका लागि अनुरोध गरिएको भए पनि अस्पतालले बेवास्ता गरेको पाइएको थियो।

तेस्रोपटक भदौ २२ मा अनुगमन गर्दा पनि फोहर व्यवस्थापनमा लापरवाही देखियो, जसमा सबै प्रकारका फोहर एकै ठाउँमा जम्मा गरिएको थियो। यसपछि, अनुगमन टोलीले सुधारको लागि अन्तिम मौका दिएको थियो। तर, अन्तिम अनुगमनमा पनि स्थिति उस्तै रहेपछि काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना गरेको हो। यसअघि पनि, अस्पताललाई १५ हजार जरिवाना गरिएकोथियो।


  • Jigyasa media

थप