Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

गुनासो

  •   २ महिना अघि | २६ साउन २०८३, मङ्लबार


 ✍️ गोपालप्रसाद रिमाल


म अहिल्यै त नमरुँ, नमरुँ !

मेरो यही एउटा इच्छा, यही एउटा पुकार

एउटै यो जिउँदो गुनासो, रहीरही ठुँग्ने यो

एउटै पीर—

म नमरुँ, अहिल्यै नमरुँ !

मैले नहिर्काई चित्तै नबुभ्mने गरी थाहा पाएँ—

मेरा यी पाखुरामा कुन बल लुकेका रहेछन्—

म वालिजत्तिकै बली रहेछु—मलाई हटाउन रामले जस्तै

लुकेर प्रहार गर्नुपर्ने रहेछ ।

त्यसैले मेरो यो भुजाको बलले,

मेरो हृदयमा जागेको जहरिलो घृणाले,

मेरो धारिलो मस्तिष्कको चोटले

मेरो दुश्मनमाथि म आफ्नो पनि माया मारेर

निस्फिक्री नबज्रेसम्म,

मलाई मारेर आजसम्म बाँचिरहेका दुश्मनलाई

लम्पसार पार्दै—

हत्ते देखाएर उसको मन पगाल्नपट्टि नलागेर

साथै उसले सोझै मसँग मागेको प्रहार

नदिएसम्म

म नबिलाऊँ, नडगूँ !

म अहिल्यै त नमरुँ !

मेरो एउटै यो जिउँदो गुनासो

नमरेको यो धोको, यही एउटा धीत

म अहिल्यै त नमरुँ, नमरुँ !

अहिल्यै त नमरुँ !

  • Jigyasanepal

थप