Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

पाँचखालमा घरेलु हतियारसहित बुबा–छोरा पक्राउ

  •   २ वर्ष अघि | १ फाल्गुन २०८१, बिहिबार

काभ्रेपलाञ्चोक, फागुन १ – काभ्रेको पाँचखाल नगरपालिका–१ ठाटी गेहिटोलमा अवैध घरेलु हतियारसहित बुबा–छोरा पक्राउ परेका छन्। खान नपकाएको निहुँमा आफ्नै परिवारका सदस्यलाई ज्यान मार्ने धम्की दिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

भरुवा बन्दुकसहित पक्राउ

बिहीबार बिहान ९:३० बजे मंगल बहादुर तामाङ (६१) र उनका छोरा सन्त बहादुर तामाङ (३२) ले मंगल बहादुरकी श्रीमतीलाई लोड गरिएको भरुवा बन्दुक देखाई लखेटेको भन्ने सूचनाको आधारमा पाँचखाल प्रहरी चौकीबाट टोली खटिएको थियो। खोजी कार्यपछि दिनको ३:०० बजे उनीहरूलाई घरनजिकै फेला पारिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको घर तथा शरीर तलासी गर्दा १ मिटर ४३ से.मी. लम्बाइको भरुवा बन्दुक बरामद गरेको छ। पक्राउ परेका दुवैजनाविरुद्ध हातहतियार तथा खरखजना कसूरमा काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रहरीको अपिल

प्रहरीले अवैध हातहतियारको प्रयोग कानुनी अपराध भएको भन्दै त्यस्ता गतिविधिबाट टाढा रहन नागरिकलाई अनुरोध गरेको छ। साथै, कुनै पनि आपराधिक गतिविधि वा अवैध हतियारसम्बन्धी सूचना भएमा प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ।




  • Jigyasa media

थप