Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

इजरायलको गाजामाथि भीषण बमबारी, पूरै सहर कब्जाको तयारी

  •   १ वर्ष अघि | २८ साउन २०८२, बुधबार

काठमाडौँ, साउन २८, २०८२ — गाजामा इजरायलले पछिल्ला दिनहरूमा गरिरहेको हवाई आक्रमण अझ तीव्र बनेको छ। हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सी का अनुसार, राजधानीका आवासीय क्षेत्र जैतुन र साब्रामा लगातार तीन दिनसम्म बम र ड्रोन आक्रमण भएको छ, जसले घर–परिवार र संरचनामा व्यापक क्षति पु¥याएको छ।

बीबीसीका अनुसार, इजरायली सेनाले अब गाजा पूरै कब्जा गर्ने अन्तिम तयारीमा छ। केही दिनअघि मात्रै इजरायलको सुरक्षा मन्त्रिपरिषद् ले गाजा नियन्त्रणमा लिने प्रस्ताव स्वीकृत गरेको थियो।

यसैबीच, बेलायत, युरोपेली संघ, अस्ट्रेलिया, क्यानडा र जापानले संयुक्त विज्ञप्ति जारी गर्दै “गाजामा भोकमरी हाम्रो आँखाअगाडि फैलिँदैछ” भन्दै तत्काल कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन्। उनीहरूले राहत सामग्री छिर्ने सुनिश्चित गर्न तत्काल, स्थायी र ठोस पहल गर्न माग गरेका छन्।

तर, इजरायलले भने गाजामा भोकमरी नभएको दाबी गरेको छ।

यो संघर्षको सुरुवात ७ अक्टोबर २०२३ मा भयो, जब हमासले इजरायलमा आक्रमण गरी १,२०० भन्दा बढी मानिसको ज्यान लिएको थियो र २५१ जनालाई बन्धक बनाएको थियो। त्यसको जवाफमा इजरायलले गाजामा गरेको भीषण आक्रमणबाट हालसम्म कम्तीमा ६१ हजार प्यालेस्टिनी मारिएका छन्। यो तथ्यांक हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालय ले सार्वजनिक गरेको हो, जसलाई संयुक्त राष्ट्रसंघले विश्वसनीय मानेको छ।

  • Jigyasanepal

थप