Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

गहना र लागुऔषधसहित दुई जना पक्राउ

  •   २ वर्ष अघि | १९ भदौ २०८१, बुधबार

भदौ १९, २०८१, गुलरिया । बर्दियामा भारतबाट गहना र लागुऔषधसहित नेपालतर्फ आउँदै गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ। सशस्त्र प्रहरीले बढैयाताल गाउँपालिका-७, कर्णालीपुरस्थित कण्ठपुर बीओपी चेकपोष्टमा मोटरसाइकलमा सवार मधुवन नगरपालिका निवासी २९ वर्षीय विनोद सुनार र ३२ वर्षीय हरीबहादुर विकलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरू भे.१२.प. ३३६ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गर्दै थिए। सशस्त्र प्रहरीले उनीहरूको साथबाट शुद्धतौल ९४० मिलीग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ र गरगहना बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि प्रहरी चौकी कालिका, बर्दियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिएका छन्।

  • Jigyasa media

थप