Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

पुत्रद्वारा पिताको निर्मम हत्या : जग्गा विवादले चितामा पुर्‍यायो बाबुलाई

  •   १ वर्ष अघि | ७ साउन २०८२, बुधबार

जिज्ञाशा नेपाल संवाददाता – धरान

धरान, सुनसरी । पारिवारिक जग्गा विवादले एक बाबु छोराबीचको सम्बन्धलाई यति विकराल बनायो कि, बुबाकै छातीमा छोराले छुरा रोप्दा ज्यानै गयो।

सुनसरीको देवानगञ्ज गाउँपालिका–२ का ६० वर्षीय सचिव अंसारीको आफ्नै छोरा मोहम्मद रियाज अंसारीको छुरा प्रहारबाट बुधबार मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहान घरमै सामान्य विवादबाट सुरु भएको बहस झगडामा परिणत हुँदा छोराले बुबाको छाती र ढाडमा छुरा प्रहार गरेका थिए। छुरा लागेर गम्भीर घाइते भएका अंसारीलाई तत्कालै विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो।

तर दुर्भाग्यवश, उपचारको क्रममा उनको मृत्यु भएको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।

छोरा नियन्त्रणमा, घटनाको थप अनुसन्धान जारी

प्रहरीले छुरा प्रहार गरेका मोहम्मद रियाज अंसारीलाई तत्कालै नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

“घरायसी विवादले एक जीवन लियो, त्यो पनि आफ्नै बाबुको,” एसपी तिमल्सिनाले भने, “यस्ता घटना समाजमा भावनात्मक सन्तुलन गुम्दा कस्तो भयावह स्थिति आउन सक्छ भन्ने उदाहरण हो।”

समाजले सोच्नैपर्ने प्रश्न :

परिवारभित्रको द्वन्द्व किन यति हिंस्रक रूप लिँदैछ?

कसरी बाबु–छोराबीचको सम्बन्ध यति कठोर मोडमा पुग्यो?

के हामीले समयमै संवाद र समझदारीको सेतु बनाउन सकेका छौं?

  • Jigyasanepal

थप