Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

शिक्षा उज्यालो भविष्यको आधार : SS Foundationद्वारा धनुषाका विद्यार्थीलाई अध्ययन सामग्री वितरण

  •   ८ महिना अघि | १४ भदौ २०८२, शनिबार

काठमाडौं । भदौ १४ ।

"शिक्षा भनेको उज्यालो भविष्यको आधार हो"  यही विश्वासका साथ SS Foundation ले विपन्न तथा ग्रामीण विद्यालयका बालबालिकालाई निरन्तर अध्ययन सामग्री वितरण गर्दै आएको छ।

यसै क्रममा, धनुषा जिल्लाको श्री जनता आधारभूत विद्यालयका विद्यार्थीहरूलाई झोला तथा स्कुल ब्याग हस्तान्तरण गरिएको छ।

आज काठमाडौंको होटल तपस, बत्तिसपुतलीमा आयोजित कार्यक्रममा संस्थाका संरक्षक, वरिष्ठ समाजसेवी तथा गीतकार सोभित उप्रेती ले सामाजिक तथा राजनीतिक व्यक्तित्व प्रेक्षा मल्ललाई अध्ययन सामग्री हस्तान्तरण गर्नुभयो।

SS Foundation का अनुसार, यस अभियानको मुख्य लक्ष्य “शिक्षा प्राप्त गर्ने अधिकारबाट कुनै पनि बालबालिका वञ्चित नहोस्” भन्ने हो।

संरक्षक उप्रेतीले निरन्तर सामाजिक उत्तरदायित्वसहित बालबालिकाको उज्यालो भविष्य निर्माणमा सक्रिय रहँदै आएका छन्।

शैक्षिक सहयोगका यस्ता अभियानहरूले ग्रामीण विद्यालयका विद्यार्थीलाई हौसला प्रदान गर्ने मात्र नभई, समाजमा शिक्षा प्रतीको चेतना र जिम्मेवारीको भावना अझै मजबुत बनाउन मद्दत गर्ने विश्वास लिइएको छ ।


  • Jigyasanepal

थप