Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

काठमाडौँका एक दर्जनभन्दा बढी स्थानमा आज तीन घण्टा विद्युत् कटौती

  •   ९ महिना अघि | ३ माघ २०८२, शनिबार

काठमाडौँ।

नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका एक दर्जनभन्दा बढी स्थानमा करिब तीन घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्र मातहतका विभिन्न क्षेत्रमा आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म विद्युत् कटौती गरिनेछ।

काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत राष्ट्रपति भवन शीतल निवासको वितरण प्रणाली भूमिगत गर्ने कार्य जारी रहेकाले विद्युत् कटौती गर्न लागिएको हो। साथै, भूमिगत कार्य सम्पन्न भइसकेका केबलमा आवश्यक प्राविधिक उपकरण जडान गर्नुपर्ने भएकाले अस्थायी रूपमा बिजुली काट्नुपर्ने प्राधिकरणले स्पष्ट पारेको छ।

प्राधिकरणका अनुसार पानीपोखरी फिडर अन्तर्गत साङ्ग्रिला होटल अगाडिको क्षेत्र, लाजिम्पाट, पानीपोखरीका विभिन्न भाग, महाराजगन्ज तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा सो समयसम्म विद्युत् आपूर्ति बन्द रहनेछ।

यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म विद्युत् कटौती हुनेछ।

यसका अतिरिक्त बालुवाटार, चुनदेवी र पञ्चकन्या आसपासका क्षेत्र पनि विद्युत् कटौतीको प्रभावित क्षेत्रमा पर्ने प्राधिकरणले जनाएको छ।

निर्धारित कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् आपूर्ति समयभन्दा पहिल्यै पुनः सुचारु हुन सक्ने प्राधिकरणले जानकारी दिएको छ।

  • Jigyasanepal

थप