Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सुरुवाती मापनमा शुक्रबारभन्दा घट्यो काठमाडौँको न्यूनतम तापक्रम

  •   ९ महिना अघि | १२ पुस २०८२, शनिबार

काठमाडौँ ।

सुरुवाती मापनमा आज (शनिबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजो (शुक्रबार) को भन्दा घटेको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस छ।

शुक्रबार यस बेला यहाँको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस थियो। यद्यपि पछि बिहान ८:४५ बजे घटेर ५.० डिग्री सेल्सियस कायम भएको थियो। 

आज पनि आधिकारिक न्यूनतम तापक्रम उक्त समयमा पुन: मापन गरिनेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अहिले बिहानको भन्दा थप घट्ने सम्भावना हुन्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम बिहान ८:४५ बजे र अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम हुन्छ भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम हुन्छ।  

  • Jigyasanepal

थप