Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

दिउँसो देशभर वर्षा, कोसी–गण्डकी–सुदूरपश्चिममा भारी वर्षाको चेतावनी

  •   १ वर्ष अघि | १७ भदौ २०८२, मङ्लबार

भदौ १७, काठमाडौं ।

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति सबै प्रदेशमा पानी पर्ने प्रक्षेपण गरेको छ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कोसी प्रदेशका केही स्थानमा भारी वर्षा हुने चेतावनी दिइएको छ।

आज राति पनि देशभर बादल बाक्लिनेछ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा मध्यम वर्षा र गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ।

 अविरल वर्षाले केदारनाथ यात्रा स्थगित

अविरल वर्षासँगै भारतको उत्तराखण्ड राज्यमा प्रसिद्ध धार्मिक स्थल केदारनाथ यात्रा तीन दिनका लागि स्थगित गरिएको छ।

रुद्रप्रयागमा निरन्तर भइरहेको वर्षा र मौसम विभागले जारी गरेको चेतावनीका कारण सेप्टेम्बर १ देखि ३ तारिखसम्म यात्रा स्थगित गरिएको जिल्ला प्रशासनले जनाएको छ।

जिल्ला मजिस्ट्रेट प्रतीक जैनका अनुसार तीर्थयात्रीहरूको सुरक्षा र सुविधालाई प्राथमिकतामा राख्दै यो निर्णय गरिएको हो। उनले सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।

प्रशासनले सबै तीर्थयात्रीलाई हाललाई आफ्नो यात्रा स्थगन गर्न र सुरक्षित स्थानमा बस्न अपिल गरेको छ।

  • Jigyasanepal

थप