Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

आज देशभर साधारणतया बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

  •   १ वर्ष अघि | ११ भदौ २०८२, बुधबार

काठमाडौँ, ११ भदौ, २०८२ – जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जानकारी दिएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा तराईका केही क्षेत्रहरूमा मध्यम वर्षाको सम्भावना छ। विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

आज राति पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहने प्रक्षेपण गरिएको छ। कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा, र केही पहाडी र तराईका स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना महाशाखाले जनाएको छ।

महाशाखाले पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको चेतावनी जारी गर्दै, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्रमा असर पर्ने सम्भावना रहेको जनाएको छ। सबै नागरिकलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ।

  • Jigyasanepal

थप