Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

नवरात्रको नवौँ दिन : महागौरी देवीको आराधना, देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

  •   १ वर्ष अघि | १४ असोज २०८२, मङ्लबार

काठमाडौं । बडादशैं एवं नवरात्रको नवौँ दिन आज देशभरका दशैंघर, पूजाकोठा र शक्तिपीठहरूमा नौ दुर्गामध्येकी आठौँ रूप ‘महागौरी देवी’को विशेष पूजाआराधना गरिँदैछ। आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा रहिआएको छ।

यस वर्ष चौथी तिथि वृद्धि भएकाले अष्टमीको पूजा नवरात्रको नवौँ दिन पर्न गएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार, आज महागौरी देवीको विशेष उपासना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

✨ महागौरी देवीको स्वरूप

किंवदन्तीअनुसार, भगवान् शिवले कहिलेकाहीँ देवीलाई ‘ए काली’ भन्दै सम्बोधन गरेपछि असन्तुष्ट भएकी देवीले कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरिन् र त्यसपछि महागौरी नामले परिचित भइन्।
पुराणहरूमा उल्लेख भएअनुसार महागौरी देवी श्वेतवस्त्र धारण गरेकी, गोरो वर्णकी र सेतो वृषभमा आरूढ रूपमा प्रकट हुन्छिन्।

🕉 नवरात्रको पूजाक्रम

यसअघि असोज ६ गते घटस्थापनासँगै शैलपुत्रीको पूजा गरी नवरात्र प्रारम्भ भएको थियो।

  • दोस्रो दिन ब्रह्मचारिणी
  • तेस्रो दिन चन्द्रघण्टा
  • चौथो दिन कुष्माण्डा
  • पाँचौँ दिन स्कन्दमाता
  • छैटौँ दिन कात्यायनी
  • सातौँ दिन कालरात्रि
  • र आज अष्टमीका दिन महागौरी देवीको आराधना भइरहेको हो।

नवरात्रको अन्तिम दिन अर्थात् नवमीमा सिद्धिदात्रीको पूजा गरिने परम्परा छ। यिनै नौ रूपलाई ‘नवदुर्गा’ भनिन्छ।

🌺 देशभरको माहोल

नवरात्रका अवसरमा देशभरका शक्तिपीठ र देवी मन्दिरहरूमा भक्तजनको भीड लाग्ने गर्छ। काठमाडौं उपत्यकाका गोकर्णेश्वर, मैतिदेवी, नक्साल भगवती, शैलुङ, दक्षिणकालीलगायत प्रमुख शक्तिपीठमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो देखिएको छ।

फूलपातीसँगै बडादशैंको विशेष रौनक सुरु भइसकेकाले पूजा–आराधना र दर्शनार्थ आउने भक्तजन दिनप्रतिदिन बढ्दो क्रममा छन्। दशैं घरमा राखिएको जमरा र देवीको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा रहिआएको छ।

नेपालमा हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिनसम्म दुर्गा देवीको उपासना गरी, त्यसको प्रभाव र आशीर्वाद १५ दिनसम्म बडादशैं पर्वका रूपमा उल्लासपूर्वक मनाइन्छ।

  • Jigyasanepal

थप