Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

नारायणगढ-मुग्लिन सडकको गाईघाटमा एकसाथ सात सवारीसाधन आपसमा ठोकिए

  •   १२ महिना अघि | १ कार्तिक २०८२, शनिबार

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको गाईघाट क्षेत्रमा आज (शनिबार) बिहान सातवटा सवारीसाधन आपसमा ठोकिएका छन्

प्रहरीका अनुसार बिहान करिब ७ बजे एकैपटक सातवटा गाडी एकअर्कासँग ठक्कर खाएका हुन्।


प्रत्यक्षदर्शीका अनुसार एक ट्रकले अचानक ब्रेक लगाउँदा पछाडिबाट आइरहेका अन्य सवारीसाधन एकपछि अर्को ठोकिँदा शृंखलाबद्ध दुर्घटना भएको हो।

ठोकिएका सवारीसाधनमा ट्रक, बस, माइक्रोबस र केही निजी कार छन्।

दुर्घटनालगत्तै मुग्लिनस्थित इलाका प्रहरी कार्यालयको टोली पुगेर उद्धार सुरु गरेको प्रहरीले जनाएको छ।

केही यात्रु सामान्य रूपमा घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ तर विस्तृत र एकिन जानकारी प्राप्त हुन बाँकी रहेको र बुझ्ने क्रम चलिरहेको प्रहरीले बताएको छ।

घाइतेहरूको उद्धार जारी छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

  • Jigyasanepal

थप