Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

काभ्रेको भुम्लुमा बोलेरो ब्रेक फेल, ६ जना घाइते

  •   १ वर्ष अघि | २३ साउन २०८२, शुक्रबार

काभ्रे, साउन २३ – काभ्रेको भुम्लु गाउँपालिका–८ पौवा स्थित उकालोमा बोलेरो जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

घटना बिहीबार राति करिब १० बजे चौरिदेउरालीबाट काठमाडौँतर्फ गइरहेको बा १५ च ८५६३ नम्बरको बोलेरो एक्कासि ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोकिँदा भएको हो।

घाइतेहरूमध्ये ५ जनालाई स्थानीय पोलिक्लिनिक, दोलालघाटमा उपचारपछि डिस्चार्ज गरिएको छ भने एक जनाको अवस्था गम्भीर रहेकाले काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

घाइतेको विवरण यसप्रकार छः

चालक – युनिस गौतम (२१), पाँचखाल नगरपालिका–५, सकुशल

पदम कुमार दुलाल (५४), चौरीदेउराली–६, सामान्य, डिस्चार्ज

डिल्लि प्रसाद गौतम (६०), सामान्य, डिस्चार्ज

हाटुज राज गिरि (३५), टाउकोमा सामान्य चोट, डिस्चार्ज

तेजबहादुर पन्थ (४५), नाकमा चोट, डिस्चार्ज

किशोर राज गिरि (३२), वडा अध्यक्ष, भुम्लु–६, बायाँ खुट्टा भाँचिएको, ट्रमा सेन्टर काठमाडौंमा उपचाररत

दुर्घटनापछि स्थानीयवासी र प्रहरीले तत्काल उद्धार गरी घाइतेहरूलाई उपचारमा लगेको थियो। प्रहरीका अनुसार, बोलेरोको ब्रेक फेल नै दुर्घटनाको प्रमुख कारण रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

  • Jigyasanepal

थप