Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

रोमानियामा भीषण आगलागी : दुई नेपाली महिलाको मृत्यु

  •   १ वर्ष अघि | १४ असोज २०८२, मङ्लबार

काठमाण्डौ ।

रोमानियाको प्रहोभा सहरस्थित होटल डाले मा भएको भीषण आगलागीमा परी दुई नेपाली महिलाले ज्यान गुमाएका छन्। बुखारेष्टबाट करिब ५२ किलोमिटर दुरीमा रहेको उक्त होटलमा मंगलबार राति आगलागी हुँदा २१ र २४ वर्षकी राई र तामाङ थरकी दुई नेपाली महिला कामदारको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको हो।


नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य ल्हाक्पा तेन्जी लामा शेर्पाका अनुसार, मृतक दुवै महिला होटलको माथिल्लो तलामा सुतिरहेको बेला आगलागीमा परेका थिए। त्यस्तै, घटनामा अर्का एक नेपाली गम्भीर घाइते भई अस्पतालमा उपचाररत छन् भने होटल बाहिर सुतिरहेका एक जना भने सकुशल छन्।


उक्त होटललाई अग्नि सुरक्षा सम्बन्धी अनियमितताको कारण एक हप्ता अघि नै स्थानीय प्रशासनले बन्द गर्ने निर्णय गरेको बताइए पनि, कामदारहरू अझै होटलमै बसिरहेका थिए।


रोमानियाका स्थानीय सञ्चारमाध्यम र त्यहाँको नेपाली समुदायका अनुसार, आगलागी अचानक फैलिएको थियो र उद्धारको प्रयास गरे पनि माथिल्लो तलामा रहेका दुई महिलालाई बचाउन सकिएन।


यस घटनाबारे बर्लिनस्थित नेपाली राजदूतावासले आवश्यक समन्वय र पहल भइरहेको जनाएको छ।


👉 विदेशमा श्रम गरेर जीवन गुजारिरहेका नेपालीहरूको पीडा झल्काउने यस घटनाले पुनः श्रमिक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ ।


  • Jigyasanepal

थप