Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

कालीकोटमा युवाबीच झडप: एकको मृत्यु, पाँच जना नियन्त्रणमा

  •   २ वर्ष अघि | २९ फाल्गुन २०८१, बिहिबार

कालीकोट – कालीकोटको खाँडाचक्र नगरपालिका–१० चौकीमा दुई समूहबीचको झडप हुँदा एक किशोरको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको स्थानमा रमाइलो हेर्न आएका युवाबीच विवाद हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

झडपका क्रममा १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका छन्। प्रारम्भिक अनुसन्धान अनुसार, विवाद उग्र बन्दा खुकुरी प्रहार भएको बताइएको छ।

घटनापछि बिहीबार बिहान जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावत नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो। संलग्न रहेको आशंकामा पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबै १८ वर्षमुनिका रहेका छन्।

मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम मान्म ल्याइएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

  • Jigyasa media

थप