Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

एसईई परीक्षामा अनियमितता: ६ जना गार्ड पक्राउ

  •   २ वर्ष अघि | १० चैत्र २०८१, आइतवार

चैत ११ रौतहट । रौतहटमा एसईई परीक्षाका क्रममा चिट चोर्न सहयोग गर्ने ६ जना गाइड पक्राउ परेका छन्। परीक्षामा अनुशासन कायम गर्न सुरक्षा निगरानी कडा पारिएको छ।

मोबाइल प्रयोगमार्फत चिट चोरी

जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार परीक्षाका क्रममा मोबाइल प्रयोग गरेर चिट चोर्ने घटनाहरू बढ्दै गएका छन्। अहिलेसम्म १,२३३ थान मोबाइल नियन्त्रणमा लिइएको छ भने ६ जना गाइड पक्राउ परेका छन्।

निगरानीमा थप कडाइ

आज मात्रै ४४९ मोबाइल नियन्त्रणमा लिइएको र थप २ जना गाइड पक्राउ परेका छन्। पहिलो दिन ४२४ मोबाइल जफत गरिनुका साथै २ जना गाइड पक्राउ परेका थिए।

प्रहरीको कडा कदम

परीक्षामा मोबाइल लुकाएर चिट चोर्ने, बाहिरबाट उत्तर बोल्ने तथा अन्य अनुशासनहीन गतिविधिमा संलग्नहरूलाई कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक कुमार रायले बताएका छन्। परीक्षाको मर्यादा कायम राख्न निगरानी झनै कडा पारिनेछ।


  • Jigyasa media

थप