Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

१४ लाख बढी भ्रष्टाचारको आरोपमा सातजनामाथि मुद्दा

  •   २ वर्ष अघि | १३ चैत्र २०८१, बुधबार

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिकामा सिँचाइ कुलो निर्माणका नाममा अनियमितता भएको आरोपमा सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार रावल, तत्कालीन इन्जिनियर सुरेन्द्र बहादुर खाती, प्राविधिक असिस्टेन्ट इन्जिनियर जनक थापा मगर, लेखापाल मदन राज जोशी तथा उपभोक्ता समितिका अध्यक्ष शमशेर रोकायामाथि मुद्दा चलाइएको हो।

अनुसन्धानका क्रममा २०७६/७७ मा सम्पन्न भइसकेको सिँचाइ कुलो निर्माण कार्यलाई आधार मानी २०७७/७८ मा कुनै पनि काम नगरी झुट्टा बिल भरपाई देखाई १४ लाख ८ हजार ८१७ रुपैयाँ हिनामिना गरेको पाइएपछि विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

अनियमितता लुकाउन गलत लिखत कागजात तयार पारिएको, बिल भरपाई झुट्टा बनाइएको र भुक्तानी प्रक्रियामा चेक जारी भएको भेटिएपछि अख्तियारले सोही रकम बराबरको बिगो दाबी गर्दै कानुनी कारबाही अघि बढाएको छ।


  • Jigyasa media

थप