Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

तीनकुने हिंसात्मक घटनामा संलग्नहरूमाथि ज्यान मुद्दा अनुसन्धान, म्याद थपको प्रक्रिया अघि बढ्दै

  •   २ वर्ष अघि | १६ चैत्र २०८१, शनिबार

चैत १६, २०८१ | काठमाडौं – काठमाडौंको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनमा संलग्नहरूमाथि ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेका व्यक्तिहरूलाई म्याद थपका लागि आइतबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइने भएको छ।

गम्भीर अभियोगमा अनुसन्धान अघि बढ्दै

एक सहन्यायाधिवक्ताका अनुसार, योजनाबद्ध रूपमा भएको आगजनी तथा हिंसात्मक क्रियाकलापका कारण सुरक्षाकर्मीको ज्यान जोखिममा परेको र सार्वजनिक तथा निजी सम्पत्तिमा गम्भीर क्षति पुगेको हुँदा ज्यान मुद्दासहित संगठित अपराध अन्तर्गत अनुसन्धान अघि बढाइएको छ।

"व्यक्तिलाई ज्यूँदै जलाउने कार्यमा जुन अभियोग लाग्छ, त्यही आधारमा तीनकुने घटनाको अनुसन्धान गरिन्छ," एक उच्च सरकारी वकिलले भने, "यो योजनाबद्ध हिंसा हो। सुरक्षाकर्मीहरूमाथि ज्यानै लिने गरी गाडी हुइँक्याइएको छ।"

यसअघि प्रहरीले ५१ जनालाई नियन्त्रणमा लिएको थियो। तीनकुने अन्नपूर्ण कम्प्लेक्स, कोटेश्वर, विमानस्थल, बालकुमारी लगायतका क्षेत्रमा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरूमाथि थप कारबाही अघि बढाइने बताइएको छ।

प्रहरी स्रोतका अनुसार, घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी छ।


  • Jigyasa media

थप