Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

बाँकेमा घरपालुवा हात्तीको आक्रमण, हात्तीसार कर्मचारीको दुखद निधन

  •   २ वर्ष अघि | २१ चैत्र २०८१, बिहिबार

बाँके । बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत खडकबार हात्तीसारमा कार्यरत एक कर्मचारीको घरपालुवा हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

बर्दियाको ठाकुरबाबा गाउँपालिका-९, बानुगाउँ निवासी ४५ वर्षीय आशाराम थारु बुधबार राति हात्तीलाई घाँस खुवाउने क्रममा आक्रमणमा परेका थिए। घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले पुष्टि गरेका छन्।

निकुञ्ज प्रशासनका अनुसार आक्रमण गर्ने उक्त हात्ती यसअघि पनि धेरै व्यक्तिलाई आक्रमण गरिसकेको छ। सुरक्षा जोखिमलाई ध्यानमा राख्दै थप अनुसन्धान तथा आवश्यक कदम चालिने सम्बन्धित निकायले जनाएको छ।


  • Jigyasa media

थप