Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

जाजरकोटको रोकाया गाउँ केन्द्रबिन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प

  •   २ वर्ष अघि | २२ चैत्र २०८१, शुक्रबार

काठमाडौँ, चैत २२ – जाजरकोटको रोकाया गाउँ केन्द्रबिन्दु भएर शुक्रबार साँझ ५.२ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा. लोकविजय अधिकारीका अनुसार, शुक्रबार साँझ ८:१० बजे भूकम्पको धक्का महसुस गरिएको हो।

यो भूकम्पको प्रभाव सुर्खेत, दैलेख, कालिकोट लगायतका जिल्लामा पनि अनुभव गरिएको थियो।

निरन्तरको धक्का : के सावधानी अपनाउने?

नेपालको भौगोलिक अवस्थाका कारण पछिल्लो समय भूकम्पको गतिविधि दोहोरिरहेको छ। विज्ञहरूले सजग रहन, कमजोर संरचनाबाट टाढा बस्न र आपत्कालीन तयारी गर्न सुझाव दिएका छन्।

स्थानीय प्रशासनले भूकम्पपछिका असरबारे प्रारम्भिक जानकारी संकलन गरिरहेको छ। हालसम्म क्षतिको विस्तृत विवरण आइसकेको छैन।


  • Jigyasa media

थप