Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

धारिलो हतियार र नक्कली पेस्तोल देखाई लुटपाट गर्ने गिरोह पक्राउ

  •   २ वर्ष अघि | २२ चैत्र २०८१, शुक्रबार

काभ्रे, चैत २२ – विभिन्न स्थानमा धारिलो हतियार खुकुरी, बञ्चरो र नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (CIB), लाजिम्पाट, काठमाडौँ द्वारा पक्राउ परेका अभियुक्तहरू पक्राउ परेका हुन्:

बुद्धीमान तामाङ (४२) – सिन्धुपाल्चोक, बाह्रबिसे-२, कर्थली

बिर बहादुर तामाङ (४९) – सिन्धुपाल्चोक, बाह्रबिसे-२, कर्थली

महेश कुमार खड्का (५२) – ओखलढुंगा, खिजितेम्बा-९

राजु कुमार दनुवार (३६) – उदयपुर, कटारी-१४

प्रारम्भिक सोधपुछका क्रममा पाँच वटा लुटपाट घटनामा संलग्न रहेको पुष्टि भएपछि प्रहरीले उनीहरूलाई अलग-अलग मितिमा पक्राउ गरी २५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

लुटपाटका मुख्य घटनाहरू:

१. चौकोट डाँडा, पनौती (२०८१/०४/३१) नेवा ग्रिल हिल खाजा घरमा छिरेर खुकुरी देखाई धर्म गोपाल श्रेष्ठलाई धम्क्याउँदै रु. ४०,०००/- लुटपाट।

२. रामकोट, धुलिखेल (२०८१/०५/११) दीपक बहादुर तामाङलाई खुकुरी देखाई सुनका रिङ र रु. ६५,०००/- चोरी।

३. मानेडाँडा, बनेपा (२०८१/१०/०४) लामा होमस्टेमा राति १२ बजे चार जनाले कालो मास्क र टोपी लगाई धावा बोलेर

सुनका गरगहना, रु. ३,२०,०००/- र मोबाईल लुटपाट। घरका सबैलाई कोठामा थुनेर भागे।

४. रेडक्रस टोल, बनेपा (२०८१/१०/१३) सुकान्त भोम्जनको घरको भित्ता भत्काई प्रवेश। खुकुरी देखाई धम्क्याउँदै सुनका गहना, रु. २०,०००/- र दुई मोबाईल लुटपाट।

५. आमा कृषि पशुपंक्षी फर्म, धुलिखेल (२०८१/११/०५)

लासाङ गोलेलाई नक्कली पेस्तोल देखाई सुनको गहना र भिभो मोबाईल लुटपाट।

अनुसन्धान र कारबाही प्रक्रिया

पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला सरकारी वकिल कार्यालय, काभ्रे मा मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको छ। प्रहरीका अनुसार, गिरोहको अन्य संलग्नता खोज्न थप अनुसन्धान जारी रहेको जनाएको छ।


  • Jigyasa media

थप