Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

आज मंगलबारदेखि देशभरि मौसम बदली, काठमाडौँको प्रदूषण हट्ने आशा

  •   १ वर्ष अघि | २६ चैत्र २०८१, मङ्लबार

काठमाडौं, चैत २६— आज मंगलबारदेखि देशका धेरै भागमा वर्षा हुने संकेत देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित कोसी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका विभिन्न स्थानमा आंशिकदेखि हल्का वर्षा हुने सम्भावना औंल्याएको छ।

बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावा, पश्चिमी वायु र स्थानीय प्रणालीको संयुक्त प्रभावले गर्दा तीनदेखि चार दिनसम्म मौसम बदली हुने जनाएको छ।

मौसमविद् शान्ति कँडेलका अनुसार, यस प्रणालीका कारण काठमाडौंमा रहेको वायु प्रदूषण हट्ने अपेक्षा गरिएको छ। “अहिलेको अवस्था हेर्दा ठूलो वर्षा देखिँदैन तर छिटफुट पानी र हावा चलेर प्रदूषण घट्ने सम्भावना बलियो छ,” उनले भनिन्।

महाशाखाले सोमबार राति जारी गरेको बुलेटिनमा २४ घण्टाभित्र देशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको समेत संभावना रहेको उल्लेख छ।

सोमबार दिनभरि उपत्यकाको आकाश बादलले ढाकिएको थियो। भारतमा विकास भइरहेको न्यून चापीय प्रणालीको असर नेपालमा पनि पर्ने देखिएको छ, जसका कारण अझै केही दिन मौसम बदली रहने अनुमान गरिएको छ।

सावधानीका लागि सुझाव:

आकस्मिक वर्षा वा चट्याङबाट जोगिन सतर्क रहनुहोस्।

यात्रा गर्दा मौसम जानकारी लिएर मात्र निस्कनुहोस।

वायु प्रदूषण घट्ने संकेत सकारात्मक भए पनि स्वास्थ्य सुरक्षा अपनाउनु उत्तम हुन्छ।



  • Jigyasa media

थप