Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

मुस्ताङमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

  •   २ वर्ष अघि | २९ असोज २०८१, मङ्लबार

जोमसोम, मुस्ताङ । : मुस्ताङको जोमसोम नजिकै कार र मोटरसाइकल एक आपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको छ। दुर्घटनामा परी मोटरसाइकल चालक सञ्जय खड्काको मृत्यु भएको छ। आरु चनौटे–९, गोरखाका ३२ वर्षीय खड्का बेनीबाट जोमसोमतर्फ जाँदै गर्दा ग१च ७६९२ नम्बरको कारसँग ठोक्किएपछि घाइते भएका थिए। उनलाई उपचारका लागि मुस्ताङ अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनास्थल घरपझोङ–३ पुथाङ एयरपोर्ट नजिक रहेको थियो। प्रहरीका अनुसार कार चालक सुन्दर ट्वाटीलाई नियन्त्रणमा लिइएको छ र घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रहरी नायव उपरीक्षक सूर्यबहादुर बोगटीले खड्काको मृत्युको पुष्टि गर्दै, काठमाडौंबाट अप्पर मुस्ताङ भ्रमणमा आएको कारसँग ठोक्किएको जानकारी दिएका छन्।

दुर्घटनापछि प्रहरी अनुसन्धान जारी छ, र पीडित परिवारलाई आवश्यक सहयोग गरिने आश्वासन प्रहरीद्वारा दिइएको छ।


  • Jigyasa media

थप