Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

  •   २ वर्ष अघि | २७ असोज २०८१, आइतवार

झापा । झापाको कमल गाउँपालिका-४, अमलडाँगीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गमा तीव्र गतिमा चलाइएको को २७ प ३५१३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शिवसताक्षी नगरपालिका-८ निवासी ३३ वर्षीय अनिलकुमार लिम्बू र २० वर्षीय सोमराज लिम्बूको ज्यान गएको हो।

मोटरसाइकल केर्खाबाट दमकतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो। गम्भीर घाइते भएका उनीहरूलाई तत्काल दमक अस्पताल पुर्याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषित गरेका थिए।

हाल मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


  • Jigyasa media

थप