Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

लाङ्दी पहिरो त्रास: घरसहित पुरिएका वृद्ध दम्पतीमध्ये श्रीमान मृत फेला, श्रीमती अझै बेपत्ता

  •   १ वर्ष अघि | ४ साउन २०८२, आइतवार

साउन ४, पर्वत

पर्वत जिल्लाको मोदी गाउँपालिका–३ देउरालीस्थित लाङ्दी बस्तीमा शनिबार रातिदेखिको भीषण वर्षापछि खसेको पहिरोले घर पुरिँदा बेपत्ता भएका दम्पतीमध्ये एकको ज्यान गइसकेको छ।

७८ वर्षीय छविलाल विश्वकर्मा मृत फेला परेका छन्, भने उनकी ७२ वर्षीया श्रीमती विष्णुमती विश्वकर्माको खोजी अझै जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रवक्ता तथा डिएसपी रविन विष्टले जानकारी दिए।

बिहान करिब ५ बजेतिर स्थानीयवासीको त्रासदीपूर्ण चिच्याहटसँगै थालिएको उद्धार अभियान अहिले पनि रोकिएको छैन।

डिमुवा र कुश्माबाट परिचालित सुरक्षा टोली र स्थानीयवासीको सहयोगमा पहिरो पन्छ्याउँदै बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

“माटो अत्यधिक चिचोपोखेपछि उद्धार गर्न निकै कठिन भइरहेको छ,” डिएसपी विष्टले बताए।

बस्तीको माथिल्लो भागबाट खसेको ठूलो पहिरोले वृद्ध दम्पती बस्ने घरलाई पूर्णरूपमा नष्ट गरेको थियो।

उक्त घरमा रहेका छविलाल र विष्णुमती पहिरोमा पुरिए भने बुहारी २८ वर्षीया पवित्रा विश्वकर्मा भने ज्यान जोगाउन सफल भएकी छन्। उनले समयमै घरबाट बाहिर हाम फालेर आफू बचाउन सकेकी थिइन्।

स्थानीयबासीका अनुसार लाङ्दी क्षेत्रमा हरेक वर्ष वर्षासँगै पहिरोको त्रास बढ्दै आएको छ। तर, यति ठूलो मानवीय क्षति सायद यो पहिलोपटक भएको हो।

अझै पनि खोजी जारी छ, र स्थानीयबासी, प्रहरी र उद्धारकर्मीहरू एकछिन पनि रोकिने अवस्थामा छैनन्। यो त्रासदीले फेरि एकपटक पहिरोको जोखिममा बसेका गाउँहरूमा सचेतता र सावधानीको खाँचो देखाएको छ।

  • Jigyasanepal

थप