Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

डकैतीपश्चात वृद्धको हत्या, घरबाट नगद र गरगहना लुटपाट

  •   २ वर्ष अघि | ६ पुस २०८१, शनिबार

महोत्तरी ।

महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिका-४, साढामा डाँका समूहले एक वृद्धको हत्या गरी घरबाट नगद र गरगहना लुटेर लगेको छ।

आज बिहान करिब ४ बजे ७/८ जनाको सङ्ख्यामा आएका डाँकाहरूले ७० वर्षीय सुशील झाको हत्या गरेका हुन्। उनी पूर्व गाविस सचिव थिए।

लुटपाट र हत्या

डाँकाहरूले झाको हत्या गरी घरमा रहेका मङ्गलसूत्र, औंठी, र करिब ८० हजार नगद लुटेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले जनाएका छन्।

प्रहरी अनुसन्धान जारी

घटनाबारे थप अनुसन्धान भइरहेको र डाँका समूहको पहिचान र पक्राउका लागि प्रयास भइरहेको प्रहरीको भनाइ छ। यस घटनाले स्थानीय बासिन्दामा त्रास फैलिएको छ।


  • Jigyasa media

थप