Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

१८ वर्षीया सम्झना मृत्यु : पाँच महिनाअघि विवाह गरेकी किशोरीको हत्या आशंका, श्रीमान् पक्राउ

  •   १ वर्ष अघि | १९ साउन २०८२, सोमवार

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपालमा एक १८ वर्षीया युवती आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। मृत्युको कारण अझै स्पष्ट नभए पनि घटनालाई शंकास्पद मानी प्रहरीले अनुसन्धान थालेको छ। मृतक सम्झना भट्टका २४ वर्षीय श्रीमान् पवन भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्झना र पवनले यही फागुनमा प्रेम विवाह गरेका थिए। पाँच महिनामै सम्झनाको मृत्युलाई लिएर माइती पक्षले गम्भीर आरोप लगाएका छन्। उनीहरूका अनुसार सम्झना विवाहपछिदेखि मानसिक र शारीरिक यातनामा परेकी थिइन्। शरीरका विभिन्न भागमा चोटपटक देखिएको तथा निरन्तर कुटपिट हुने गरेको परिवारले बताएको छ।

घटनाको स्वरूप शंकास्पद

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहोराका अनुसार सम्झनाको शव आइतबार साँझ घरको कोठामा झ्याल ढोकामा चुकुन लगाएर झुन्डिएको अवस्थामा फेला परेको हो। यद्यपि शरीरमा ठूलो बाहिरी चोट नदेखिए पनि नङ्ग्रिएको जस्ता चोटपटक छन्, जसले आत्महत्याभन्दा पनि शंकास्पद मृत्युको संकेत गर्छ।

डीएसपी बोहोराले मृतकको श्रीमान् पवन भट्टलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको र मृतकका माइती पक्षलाई पनि बयानका लागि बोलाइएको जानकारी दिए।

१२ कक्षामा अध्ययनरत थिइन् सम्झना

सम्झना भट्ट हाल १२ कक्षामा अध्ययनरत थिइन्। परिवारको भनाइअनुसार उनी अनुशासित र भविष्यप्रति सजग थिइन्। विवाहपश्चात् पारिवारिक सम्बन्धमा समस्या देखिन थालेको र उनले कहिलेकाहीँ टाढाबाट फोनमार्फत आफ्नो पीडा व्यक्त गर्ने गरेको पनि माइती पक्षले दाबी गरेको छ।

उनको शव पोस्टमार्टमका लागि भीमदत्त नगरपालिका स्थित महाकाली अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

समाजलाई चिर्ने घटनाः प्रमाणको गहिरो परीक्षण आवश्यक

विवाहको पाँच महिनामै यस्तो घटना हुनु र मानसिक यातनाका कथित प्रमाणहरू देखिनु समाजमा महिलाप्रतिको हिंसाको गहिरो संकेत हो। सत्य के हो भन्ने टुंगो पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि मात्र खुल्नेछ, तर मृतक सम्झनाको आत्मीय आवाज अहिले मौन छ। न्याय खोज्दै उनको परिवार प्रहरी कार्यालयमा बसेका छन्।

  • Jigyasanepal

थप