Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

नुवाकोटमा वृद्धको ढुंगा प्रहारबाट हत्या, आरोपी पक्राउ

  •   २ वर्ष अघि | १५ भदौ २०८१, शनिबार

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका-३ गोगनेमा ६५ वर्षीय वृद्ध चमार तामाङको ढुंगा प्रहार गरी हत्या गरिएको छ। प्रहरीले हत्या आरोपीलाई पक्राउ गरेको छ।

घटना शुक्रबार बेलुकी भएको हो, जब छिमेकीको किरिया (घेवा)बाट सँगै फर्कने क्रममा आपसी विवाद उत्पन्न भयो। विवादकै क्रममा विदुर नगरपालिका-७ कुबिण्डेका ६५ वर्षीय लालबहादुर तामाङले ढुंगाले प्रहार गर्दा चमार तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

हत्या घटनाको सूचना पाउनेबित्तिकै प्रहरी चौकी देउराली नुवाकोट र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट छुट्टाछुट्टै टोली घटनास्थलमा पुगेर लालबहादुर तामाङलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) तिलक भारतीले जानकारी दिए। अहिले लालबहादुर तामाङलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी भारतीले बताए।

  • Jigyasa media

थप