Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

भीरबाट लडेर ५० वर्षीय विष्णु रोकाको मृत्यु

  •   २ वर्ष अघि | १६ कार्तिक २०८१, शुक्रबार

अर्घाखाँची - छत्रदेव गाउँपालिका–८, सानो चेक्मीमा भीरबाट लडेर एक व्यक्तिको घटनास्थलमै मृत्यु भएको छ। सानो चेक्मी माझको भीरस्थित गोरेटोबाटोमा लडेर सिन्धुपाल्चोकका ५० वर्षीय विष्णु रोकाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विष्णुप्रसाद पौडेलका अनुसार रोकाको शव लगभग ४ सय मिटर तल फेला परेको छ।


प्रहरीले रोकाको शवलाई पोष्टमार्टमका लागि अर्घाखाँची अस्पतालमा पठाउने तयारी गरेको छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिएका छन्।


  • Jigyasa media

थप