Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

आजदेखि सुरु सोह्रश्राद्धः पितृ तर्पणमार्फत दायित्व निर्वाह

  •   ८ महिना अघि | २३ भदौ २०८२, सोमवार

काठमाडौँ । आजदेखि वैदिक सनातन परम्पराअनुसार पितृ तर्पण र पिण्डदान गर्ने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष औपचारिकरूपमा आरम्भ भएको छ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिन पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्ने परम्परा रही आएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार आज प्रतिपदा तिथिमा श्राद्ध अपराह्नसम्म सम्पन्न गर्नुपर्ने हुन्छ । पितृलाई श्रद्धा र भक्तिसहित सम्झने यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि चिनिन्छ ।

धर्मशास्त्रविद्हरूका भनाइमा सोह्रश्राद्ध गर्नाले पितृऋणबाट मुक्ति प्राप्त हुन्छ र दिवंगत पितृ तृप्त हुन्छन् भन्ने धार्मिक विश्वास छ । श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा यस कर्मलाई अनिवार्य रूपमा गर्नुपर्ने बताइन्छ ।

नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका प्रमुखसमेत रहेका प्राडा भट्टराई भन्छन्– “सोह्रश्राद्ध रोकिँदा विभिन्न विकल्पहरू शास्त्रमा दिइएका छन् । पिताको तिथिमा गर्नुपर्ने भए पनि आपत धर्मअनुसार आश्विन कृष्ण औँसीदेखि शुक्ल पञ्चमीसम्म गर्न सकिन्छ ।”

त्यसैगरी धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जाताशौच, मृताशौच र रजस्वला अवस्थामा बाहेक सोह्रश्राद्ध छोड्न नहुने बताए । पितृलाई तर्पण गर्ने समय अपराह्न काल हो, तर कतिपय पुरोहितले बिहानै श्राद्ध गर्ने प्रचलनलाई समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले शास्त्रविपरीत बताएका छन् ।

यदि आश्विन महिनाभर पनि श्राद्ध गर्न नसकिएमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाको दिन, अझै सम्भव नभए वृश्चिक सङ्क्रान्तिसम्म गर्न सकिने उल्लेख धर्मसिन्धु ग्रन्थमा छ । अन्ततः नसक्ने अवस्थामा ब्राह्मणमार्फत दैनिक १०८ मन्त्र जप १० महिनासम्म गर्न सकिने वैकल्पिक व्यवस्था रहेको बताइन्छ ।

सोह्रश्राद्धको समापनसँगै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ । ठूलो पर्व मनाउनु अघि पितृलाई तृप्त गर्ने परम्परा वैदिक सनातन धर्मको मौलिक परम्परा हो ।


  • Jigyasanepal

थप