Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

विद्या विकास प्राविका बालबालिकामाझ सुर्यलालको पहिलो राहत : सुईटर र स्टेशनरी

पहिरोले क्षतिग्रस्त विद्या विकास प्राविमा बल्ल पुग्यो राहत

  •   २ वर्ष अघि | १२ मंसिर २०८१, बुधबार

रोशी, मंसिर १२ – गत असोजको अविरल वर्षासँगै झरेको पहिरोले काभ्रे जिल्लाको रोशी गाउँपालिका ५ स्थित विद्या विकास प्राविमा ठूलो क्षति पुर्याएको थियो। तर, यस विपत्तिपछि, राहतका रूपमा ३५ बालबालिकाले सुईटर र शैक्षिक सामग्री प्राप्त गरेका छन्। यो राहत वितरण कुनै सरकारी वा गैरसरकारी निकायबाट नभएर, पिन्थलीका अगुवा किसान सुर्यलाल तामाङद्वारा गरिएको हो।


सुर्यलालले विद्यालय प्रांगणमा उपस्थित विद्यार्थी, शिक्षक, र स्थानीयलाई सम्बोधन गर्दै भने, “म पनि तपाईं जस्तै खेती किसानी गर्ने मान्छे हुँ, बालबालिकाहरूप्रति माया लाग्छ। बाढी पहिरोपछि हाम्रो गाउँमा समस्या उस्तै छ, थोरै भएपनि हामी सबैले एकअर्कालाई सहयोग गरौं।” उनले बालबालिकाका भविष्य निर्माणमा योगदान पुर्याउने महत्त्वपूर्ण पहलको रूपमा शिक्षाको क्षेत्रमा मद्दत गर्दै आएका छन्।


विद्यार्थी मेनुका विक, जो कक्षा २ मा अध्ययनरत छन्, सुईटर र कपी सिसाको सामाग्री पाउँदा निकै खुशी भए। विद्यालयका प्रधानाध्यापक शेरबहादुर तामाङले भने, “यो पहिलो पटक हो, जब पहिरोको विपत्तिपछि विद्यार्थिहरूसम्म सहयोग पुगेको छ।”


विद्यालयमा भौतिक संरचनाको कारण पढाईको अवस्था निकै दयनीय छ। पहिरोले विद्यालयको कक्षाकोठा, कार्यालय कोठा र शौचालय संरचनामा ठूलो क्षति पुर्याएको छ। यहाँ अहिले तीनवटा कक्षाको पढाई एउटै कोठामा सञ्चालन गर्नुपर्ने स्थिति छ, जसले शिक्षण प्रक्रिया निकै जटिल बनाएको छ। प्रधानाध्यापक तामाङका अनुसार, अस्थायी सिकाई केन्द्रको निर्माण वा मर्मत कार्यले केहि राहत दिन सक्छ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरमान तामाङले भने, "विद्यालयका सबै सामग्री, जस्तै कम्प्युटर, टेबल, कुर्सी, बेञ्च लगायतका वस्तुहरू क्षतिग्रस्त भएका छन्। हामी स्थानीय सरकारले शीघ्र मर्मत र सहयोग पुर्याउने आशा राखेका छौं।"


यो विद्यालयमा अधिकांश दलित समुदायका बालबालिकाहरु अध्ययन गर्छन्, र रोशीका पत्रकार तथा अभियन्ता लोक बहादुर लामाको सहजिकरणमा यो राहत प्रदान गरिएको हो।

विद्यालयमा अझै धेरै सुधार र सहयोगको आवश्यकता रहेको छ। सुर्यलालको पहल र समुदायको एकताबाट शैक्षिक यात्रा पुनः सशक्त बनाउने आशा गरिएको छ।


  • Jigyasa media

थप