Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

काठमाडौँ विश्वविद्यालय र आर पी फाउन्डेशनद्वारा ‘स्नातक इन हेरिटेज कन्भर्सेशन’ कार्यक्रमको शुभारम्भ

  •   २ वर्ष अघि | २२ भदौ २०८१, शनिबार

भक्तपुर । – काठमाडौँ विश्वविद्यालय र आर पी फाउन्डेशनको सहकार्यमा ‘स्नातक इन हेरिटेज कन्भर्सेशन’ (Bachelor in Heritage Conservation) कार्यक्रमको औपचारिक शुभारम्भ भएको छ। भक्तपुरस्थित NVA भवनमा आयोजित विशेष कार्यक्रममा काठमाडौँ विश्वविद्यालयको आर्किटेक्चर विभागको विस्तारित कार्यक्रम अन्तर्गत यो नयाँ स्नातक तहको कोर्स सुरु भएको हो। 


कार्यक्रममा विश्वविद्यालय र फाउन्डेशनका पदाधिकारीहरूले विरासत संरक्षणको महत्वमाथि चर्चा गर्दै, यो कोर्सले सम्पदा, पुरातत्व, र निर्माण क्षेत्रसँग सम्बन्धित पेशाकर्मीहरूलाई नयाँ दृष्टिकोण प्रदान गर्ने विश्वास व्यक्त गरे। उनीहरूले नेपालजस्ता सांस्कृतिक रुपमा धनी देशमा यो कोर्स अत्यन्त सान्दर्भिक भएको औंल्याए।

कार्यक्रमको उद्घाटनसँगै अध्ययन सुरु गर्न इच्छुक विद्यार्थीहरूले यो कोर्समा भर्ना हुने प्रक्रिया अगाडि बढाउन सक्नेछन्। यो कार्यक्रमले सम्पदाको संरक्षण, पुनःनिर्माण र प्रबर्द्धनमा गहिरो ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ।

  • Jigyasa media

थप