Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

राजीव श्रेष्ठका दुई कृति लोकार्पण : जीवनका संवेदना र सफलताको दस्तावेज

  •   १ वर्ष अघि | २८ असार २०८२, शनिबार

काठमाडौं, असार २८।

कविता र जीवनीका दुई फरक विधा, तर एउटै उद्देश्य—जीवनका गहिरा अनुभूतिलाई शब्दमा उतार्ने। यही भावनाले स्रष्टा राजीव श्रेष्ठका दुई कृति 'अनाहक प्रश्नहरु' (कविता सङ्ग्रह) र 'सफलताका आयाम' (जीवनीकृति) राजधानीमा एक विशेष कार्यक्रमबीच लोकार्पण गरियो।

सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा शनिबार सम्पन्न उक्त लोकार्पण समारोहमा प्रा.डा. दयाराम श्रेष्ठ, श्रीओम श्रेष्ठ 'रोदन', विमल भौकाजी, डा. जीवलाल वस्याल लगायतका स्रष्टा तथा साहित्यिक व्यक्तित्वको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठले राजीव श्रेष्ठका कविता सरल भाषामा लेखिए पनि गहिरो अर्थ बोकेको उल्लेख गर्दै भने, “राजीव कवितामा न त तडकभडक गर्छन्, न त निरर्थक प्रयोग। उनका कवितामा जीवनका पीडाबाट उर्जाको खोज छ।”

**श्रीओम श्रेष्ठ ‘रोदन’**ले राजीवको साहित्यिक यात्रा २०५० को दशकबाट सुरु भए पनि कृति ढिलो प्रकाशित भएकोमा अब उनीबाट अझ सशक्त सिर्जनाको अपेक्षा गरिएको बताए।
उनले भने, “शुभ काम कहिल्यै ढिलो हुँदैन, र सम्भावना बोकेका स्रष्टा ढिलो भए पनि यथार्थपूर्ण कृति लिएर आउँछन्।”


'अनाहक प्रश्नहरु' शीर्षकको कविता सङ्ग्रहमा समावेश ३२ कवितामाथि टिप्पणी गर्दै विमल भौकाजीले राजीव भावनात्मक संवेदनामा कलम चलाउने कवि भएको बताएका थिए।
उनले थपे, “राजीवका कविताले भोगाई, आशा र जीवनप्रतिको टुट्न नदिने जिजीविषा बोल्छ।”

त्यस्तै ‘सफलताका आयाम’ जीवनीकृतिबारे डा. जीवलाल वस्यालले टिप्पणी गर्दै यस कृतिमा स्वदेश तथा विदेशका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको जीवन कथा समेटिएको बताए।
उनका अनुसार, “यो कृति विद्यार्थी, अनुसन्धानकर्ता तथा जीवनप्रति जिज्ञासा राख्ने सबैका लागि महत्वपूर्ण दस्तावेज हुनेछ।”

कार्यक्रममा स्रष्टा राजीव श्रेष्ठले लेखनीको प्रेरणाको स्रोत आफ्ना स्व. पिताजी भएको स्मरण गर्दै सबैलाई आभार प्रकट गरे।

कार्यक्रमको विशेष आकर्षण बनेको थियो—राजीव श्रेष्ठका नातेदारहरूलाई गरिएको सम्मान।
उहाँका आमा सानुमैयाँ श्रेष्ठ, ठूली आमा सुलोचना श्रेष्ठसहित आधा दर्जन परिवारका सदस्यलाई आयोजकले सम्मान गरेका थिए।

कार्यक्रममा कविहरू पूर्ण बहादुर श्रेष्ठ, ह्रदयङ्कृत, तारा केसी, र विश्व सिग्देलले कृतिभित्रका प्रतिनिधि कविताहरू वाचन गरेर माहोललाई साहित्यिक बनाएका थिए।

कार्यक्रमका अध्यक्ष छविरमण सिलवालले अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए भने सञ्चालन प्रतिष्ठानका महासचिव प्रदीप सापकोटाले गरेका थिए।
शुभद्रा अधिकारीले कार्यक्रमको स्वागत मन्तव्य राखेकी थिइन्।

दुई भिन्न विधा—कविता र जीवनीमार्फत जीवनका अनेक आयाम प्रस्तुत गर्ने स्रष्टा राजीव श्रेष्ठको यो योगदानले नेपाली साहित्यमा नयाँ आशा र विश्वास थपेको छ।

  • Jfa

थप