Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

२२ वर्षीया छिरिङ डिकी लामाद्वारा मनास्लु आरोहण : अहिलेसम्मकै कान्छी नेपाली आरोही

  •   १ वर्ष अघि | ९ असोज २०८२, बिहिबार

असोज ९, २०८२ बिहीबार — गोरखा

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामा गाउँकी २२ वर्षीया छिरिङ डिकी लामाले ८,१६३ मिटर अग्लो मनास्लु सफलतापूर्वक आरोहण गर्दै नेपालकै कान्छी आरोही बन्ने इतिहास रचेकी छन्।

छिरिङले सोमबार बिहान ६ बजे बेसक्याम्पबाट प्रस्थान गरी मंगलबार बिहान १०:५० बजे मनास्लुको शिखरमा पाइला टेकिन्। उनले पायोनियर एड्भेञ्चर कम्पनी प्रालिमार्फत आरोहण पूरा गरेकी हुन्।

घरायसी कामबाट शिखरसम्म

गाउँघरमै सामान्य जीवन बिताउँदै आएकी छिरिङ डिकी लामाले घरायसी काम गर्ने साधारण किशोरी भएर पनि उच्च साहस र आत्मबलका साथ हिमाल चढाइमा सफलताको शिखर छुन सकेकी छन्।

अन्तर्राष्ट्रिय र राष्ट्रिय कीर्तिमान

यसअघि १९ वर्षीया एक विदेशी युवतीले मनास्लु आरोहण गरेकी थिइन्।

तर नेपालमै मनास्लु आरोहण गर्नेमध्ये छिरिङ डिकी हालसम्मकै कान्छी आरोही बनेकी हुन्।

उनकी आफन्त र सह–आरोही नाङ्सल छोदेनले छिरिङको यो उपलब्धि गाउँकै गर्व र युवापुस्ताका लागि प्रेरणादायी भएको बताइन्।

सामा गाउँको गौरव

छिरिङसँगै सामा गाउँका थप चार जना आरोहीले पनि मनास्लु आरोहण गरेका छन्। यसअघि यही गाउँकी डिकील्हामु, मिंकार छिरिङ र नाङ्सल छोदेनले समेत मनास्लुको शिखर चुमिसकेका छन्।

२२ वर्षकै उमेरमा कठिन हिमाल आरोहण पूरा गरेकी छिरिङ डिकी लामाको साहसिक कदमले साना गाउँघरका युवतीहरू पनि दृढ इच्छाशक्ति र आत्मविश्वासका साथ विश्वकै चुनौतीपूर्ण शिखर चढ्न सक्छन् भन्ने सन्देश दिएको छ।

  • Jigyasanepal

थप