Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

बर्डफ्लु संक्रमित कुखुरा वा पन्छी बिक्री गरे कडा कारबाही हुने, पशुसेवा विभागको चेतावनी

  •   ३ महिना अघि | १९ असार २०८३, शुक्रबार

काठमाडौं । पशुसेवा विभागले बर्डफ्लु संक्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी तथा तिनका उत्पादन बिक्री–वितरण गर्ने व्यक्ति वा व्यवसायीलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ।

विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले आम नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले संक्रमित पन्छी बजारमा बिक्री नगर्न सबै व्यवसायीलाई आग्रह गर्दै संक्रमण पुष्टि भएका पन्छी बिक्री गरेको पाइए कानुनी कारबाही गरिने स्पष्ट पारे।

गत चैतदेखि देशका काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासी गरी ११ जिल्लामा बर्डफ्लु संक्रमण फैलिएको छ। विभागका अनुसार भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाइएको छ।

संक्रमण नियन्त्रणका लागि प्रभावित जिल्लामा प्राविधिक टोली तथा र्‍यापिड रेस्पोन्स टिम परिचालन गरिएको छ। केही जिल्लामा संक्रमण नियन्त्रणउन्मुख भए पनि अन्यत्र फैलिन नदिन निगरानी र नियन्त्रणका गतिविधि तीव्र पारिएको विभागले जनाएको छ।

विभागका अनुसार हालसम्म बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा करिब ७ लाख पन्छी, ११ लाख अण्डा र ३ लाख किलो दाना नष्ट गरिएको छ। मरेका कुखुरा वा संक्रमित पन्छी जथाभावी फाल्दा तथा नष्ट गर्ने क्रममा पनि मानिसमा संक्रमण सर्न सक्ने जोखिम रहने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रवक्ता डा. उपाध्यायका अनुसार बर्डफ्लुविरुद्ध प्रभावकारी खोप अझै उपलब्ध नभएकाले संक्रमण देखिएपछि पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी उपाय हो।

यस्तै, प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत नष्ट गरिएका पन्छीको मूल्यांकन, मुचुल्का संकलन तथा प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक विवरण संकलन गर्ने काम पनि जारी रहेको विभागले जनाएको छ।

  • Jigyasanepal

थप