Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

बुबाको चक्कु प्रहारले छोराको ज्यान गयो

  •   २ वर्ष अघि | ३ पुस २०८१, बुधबार

भक्तपुर, पुष ३ - भक्तपुर नगरपालिकामा घरायसी विवादले एक परिवारलाई शोकमा डुबाएको छ। सहिद स्मृति खेल मैदान नजिक ३१ वर्षीय नरेन्द्र बहादुर शाहीको आफ्नै बुबा दीप बहादुर शाहीको चक्कु प्रहारबाट ज्यान गएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी ढुण्डीराज न्यौपानेका अनुसार घरायसी झगडाको क्रममा तरकारी काट्ने चक्कु प्रहार गर्दा नरेन्द्र गम्भीर घाइते भएका थिए। उनलाई तत्काल भक्तपुर अस्पताल लगिएको भए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न दीप बहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ।

मृतक नरेन्द्रको शव पोस्टमार्टमका लागि चाँगुनारायण नगरपालिका-२ स्थित काठमाडौँ मेडिकल कलेज पठाइएको छ।

शाही परिवार अछामको कमल नगर नगरपालिका-६ हात्तीबाच स्थायी निवासी हुन्, तर उनीहरू केही समयदेखि भक्तपुरमा बसोबास गर्दै आएका थिए।



  • Jigyasa media

थप