Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

बिपी राजमार्गमा गाडी तोडफोड गर्ने ११ जना पक्राउ

  •   २ वर्ष अघि | २५ पुस २०८१, बिहिबार

काभ्रे ।– बिपी राजमार्गमा गाडी तोडफोड गरेको आरोपमा काभ्रेपलाञ्चोक प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

प्राप्त विवरण अनुसार, २०८१ साल पुस २४ गते साँझ करिब ६ बजे नमोबुद्ध नगरपालिका–२, बेला स्थित बिपी राजमार्गमा मंगलटारबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ६१७२ नम्बरको सुमो गाडी र विपरीत दिशाबाट आइरहेको बा ३ च ३४९४ र बा ३ च ५६२१ नम्बरका सुजुकी कारहरूबीच विवाद भएको थियो।

विवादपछि कारमा सवार व्यक्तिहरूले सुमो गाडीमा तोडफोड गरेर भागेको जनाइएको छ।

पक्राउ परेका व्यक्तिहरूको विवरण

काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका व्यक्तिहरू यस प्रकार छन्:

1. राजेश परियार (३९) – पाँचखाल नगरपालिका–१०, काभ्रे।

2. सुनिल माझी (२४) – इन्द्रावती गाउँपालिका–११, सिन्धुपाल्चोक

3. नरेन्द्र माझी (२३) – इन्द्रावती गाउँपालिका–११, सिन्धुपाल्चोक।

4. विजय तामाङ (२६) – पाँचखाल नगरपालिका–८, काभ्रे।

5. छोइकु दोङ (२६) – महाभारत गाउँपालिका–३, काभ्रे।

6. प्रेम श्रेष्ठ (२६) – घ्याङलेख गाउँपालिका–४, सिन्धुली।

7. तेन्जिङ तामाङ (२६) – तेमाल गाउँपालिका–७, काभ्रे।

8. टेक बहादुर पुन (३२) – दाङ घोराही उपमहानगरपालिका–११ (हाल बनेपा नगरपालिका–८)।

9. भिसान तामाङ (१८) – तेमाल गाउँपालिका–७, काभ्रे।

10. सुनिल तामाङ (२४) – बेथानचोक गाउँपालिका–६, काभ्रे।

11. आदेश स्याडलान (२२) – रोशी गाउँपालिका–१२, काभ्रे।

अभियोग र कानुनी प्रक्रिया

पक्राउ परेका व्यक्तिहरूविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुर मुद्दा दर्ता गरिएको छ। प्रहरीले काभ्रे जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रवक्ता मिनबहादुर घलेका अनुसार घटनामा संलग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता/सूचना अधिकारी:प्र.ना.उ. मिनबहादुर घले ले बताए ।

  • Jigyasa media

थप