Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

छुट्टाछुट्टै सवारी दुर्घटना: दुईको मृत्यु, दुई घाइते

  •   २ वर्ष अघि | १४ माघ २०८१, सोमवार

बारा ।

बारामा आइतबार दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

पहिलो दुर्घटना आदर्शकोतवाल गाउँपालिका–६ लौकाहा नजिक भएको हो। बीआर ३० एजे ३५२७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००१ च ६७८८ नम्बरको पिकअपले ठक्कर दिएको थियो। यसमा भारत, बिहारका २५ वर्षीय आदित्यकुमार पाठकको मृत्यु भएको छ। प्रहरीका अनुसार, गम्भीर घाइते पाठकको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

मोटरसाइकलमा सवार अर्का व्यक्ति, रौतहट गौरका २२ वर्षीय राजन दास गम्भीर घाइते भएका छन्। उनको टाउको, हात र पेटमा चोट लागेको छ। हाल उनी वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचाररत छन्।

दोस्रो दुर्घटना कलैया उपमहानगरपालिका–४ स्थित नेपाल बैंक अगाडि भएको हो। ना ४ख ४१८६ नम्बरको तेल ट्याङ्करले ना ४७ प ५९९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। यस घटनामा रौतहट बृन्दावन नगरपालिका–३ की ४० वर्षीया बबिता ठाकुरको ज्यान गएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएकी ठाकुरको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार उनकी १० वर्षीय छोरी मोनी ठाकुर घाइते भएकी छन्।

दुवै घटनामा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।


  • Jigyasa media

थप