Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

अस्पतालको पाँचौं तलाबाट खसेर डाक्टरको मृत्यु !

  •   १० महिना अघि | ६ पुस २०८२, आइतवार

विराटनगर । नोबेल मेडिकल कलेजमा इन्टर्नसिप गरिरहेका ३४ वर्षीय चिकित्सक अमित यादवको आइतबार बिहान अस्पतालको पाँचौं तलाबाट खसेर मृत्यु भएको छ । बिहान करिब ६ः३० बजे अस्पतालको भवनबाट खसेका यादवलाई उपचारका लागि लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तरीको राजविराज नगरपालिका जगदरी निवासी यादव एमबीबीएस अध्ययन पूरा गरेपछि केही महिनायता नोबेल मेडिकल कलेजमा इन्टर्न गर्दै आएका थिए ।

उनी किन र कसरी पाँचौं तलाबाट खसे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक सूचनाअनुसार यादव मानसिक स्वास्थ्य समस्याबाट पीडित थिए ।

  • Jigyasanepal

थप