Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

देशभर मौसम सामान्यतया सफा, तराईमा हुस्सुको सम्भावना

  •   २ वर्ष अघि | २० मंसिर २०८१, बिहिबार

काठमाडौं – देशमा हाल कुनै विशेष मौसम प्रणाली सक्रिय नरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहँदा बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ। तराईका केही स्थानमा बिहानको समयमा हल्का हुस्सु लागेको छ।

दिउँसो र रातिको मौसम:

दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने र अन्यत्र मौसम सफा रहने विभागले जनाएको छ। राति पनि यी दुई प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना छ भने देशका अन्य क्षेत्रमा आकाश सफा नै रहनेछ।

हुस्सुको प्रभाव र सतर्कता:

शुक्रबार बिहान तराई र उपत्यकाका केही भागमा हुस्सु लाग्न सक्ने भएकाले दैनिक गतिविधि, यातायात र हवाई उडानमा आंशिक असर पर्ने सम्भावना रहेको छ। त्यसैले विभागले सम्बन्धित पक्षलाई सतर्कता अपनाउन आग्रह गरेको छ।



  • Jigyasa media

थप