Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

हिरासतमा रहेका प्रहरी जवान मृत अवस्थामा फेला

  •   २ वर्ष अघि | १२ कार्तिक २०८१, सोमवार

काठमाडौं- बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगर दाङ जिल्ला प्रहरी कार्यालयको हिरासतमा मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पचभैया शौचालयको भेन्टिलेसनमा आफ्नै कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका हुन्।

प्रहरी स्रोतका अनुसार पचभैयाले शौचालयको धारा खोलेर पानीको आवाज उत्पन्न गरेका कारण बाहिर रहेका व्यक्तिहरूले तुरुन्तै केही थाहा पाएनन्।

दाङको २९ नं. ज्वालामाई गणमा कार्यरत रहेका पचभैया र सहायक हवल्दार भरत रोका मगरलाई गत असोज २४ गते पिङ खेल्न आएकी ८ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरिएको थियो।

  • Jigyasa media

थप