Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

बेथानचोक सडक बालबालिकामुक्त पालिका घोषणा : सामाजिक जिम्मेवारीमा महत्वपूर्ण उपलब्धि

  •   १ वर्ष अघि | १३ असार २०८२, शुक्रबार

काभ्रेपलाञ्चोक, असार १३ । काभ्रेको बेथानचोक गाउँपालिका औपचारिक रूपमा 'सडक बालबालिकामुक्त पालिका' घोषणा गरिएको छ। स्थानीय सरकार, समुदाय र विभिन्न सरोकारवाला पक्षको साझा प्रयासमा यो महत्वपूर्ण सामाजिक उपलब्धि हासिल गरिएको हो।

शुक्रबार गाउँपालिकाको सभाहलमा सम्पन्न ‘गृहिणी महिला सशक्तिकरण कार्यक्रमको वार्षिक समीक्षा तथा सडक बालबालिका मुक्त स्थानीय तह घोषणा समारोह’ मा जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले घोषणापत्रमा हस्ताक्षर गर्दै पालिकालाई औपचारिक रूपमा सडक बालबालिकामुक्त घोषणा गरे।

६ वटै वडामा खोज, निगरानीपछि घोषणा

गाउँपालिकाका ६ वटै वडाका वडा समितिहरूको निर्णयअनुसार गाउँटोल, गल्ली, मन्दिर परिसर, सडक, बस्ती वा कुनै सार्वजनिक स्थानमा वेवारिसे अवस्थामा बसोबास गरिरहेका बालबालिका नभेटिएको पुष्टि भएपछि प्रत्येक वडा सडक बालबालिकामुक्त वडा घोषणा गरिएको हो।

यो घोषणासँगै बेथानचोक काभ्रेको पहिलो सडक बालबालिकामुक्त गाउँपालिका बनेको छ।

"बालबालिकालाई सडकमा आउन दिनु हिंसाकै रूप हो"

घोषणा कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख गौतमले बालबालिकाको अधिकार सुनिश्चित गर्ने जिम्मेवारी सबैको भएको बताउँदै भने, “हिंसा, बेवास्ता वा अभिभावकविहिन अवस्थाका कारण कोही बालबालिका सडकमा आउन बाध्य हुनुहुँदैन। यस्तो अवस्था सृजना हुन दिनु आफैमा बालहिंसा हो।”

उनले थपे, “बालबालिका देशको भविष्य हुन्। उनीहरूलाई शिक्षाको दायरामा ल्याएर समाजमा सम्मानपूर्वक बाँच्ने वातावरण सुनिश्चित गर्न हामी सबै गम्भीर र जिम्मेवार बन्नुपर्छ।”

उपाध्यक्ष तारा रानाको प्रतिबद्धता

गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले कार्यक्रममा बोल्दै भनिन्, “महिला तथा बालबालिकाको हक अधिकारका लागि गाउँपालिकाले निरन्तर काम गरिरहेको छ। सडक बालबालिकामुक्त घोषणा केवल एउटा सुरुआत हो, भविष्यमा यस्तो अवस्था दोहोरिन नदिन हामी अझ सशक्त रूपमा लाग्नेछौं।”

उनको भनाइमा, समाजिक रूपान्तरणका लागि महिला, बालबालिका र कमजोर वर्गको सशक्तिकरण अनिवार्य छ, र यस क्षेत्रमा बेथानचोकले आफ्नो कामबाट उदाहरणीय छाप छोडेको छ।

प्रमाणपत्र वितरण, संकल्पको नवीकरण

कार्यक्रममा सडक बालबालिकामुक्त घोषणा गरिएका ६ वटै वडाका वडाध्यक्षहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो। उपस्थित सरोकारवाला निकाय, जनप्रतिनिधि र समुदायका अगुवाहरूले भविष्यमा कुनै पनि बालबालिका सडकमा पुग्न नदिनका लागि संवेदनशील, सहकार्यपूर्ण र सक्रिय भूमिका निर्वाह गर्ने संकल्प व्यक्त गरे।

  • Jigyasanepal

थप