Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

छ दिनदेखि बेपत्ता दाजु–बहिनीको शव खोला किनारमा फेला, अनुसन्धानमा प्रहरी सक्रिय

  •   १ वर्ष अघि | २० साउन २०८२, मङ्लबार

 साउन २०, २०८२ | पाँचथर । पाँचथर जिल्लामा गत छ दिनदेखि बेपत्ता भएका एकै घरका दाजु–बहिनी मृत फेला परेका छन्। याङवरक गाउँपालिका–१, च्याङथापुका १० वर्षीय शिशिर राई र चार वर्षीया नानुमा राईको शव स्थानीय बिरुवा खोलाको बगरमा भेटिएको हो।

बालबालिकाका बुवा बिर्खबहादुर राई गाउँमै रहँदै आएका छन् भने आमा वैदेशिक रोजगारीमा छन्। शिशिर र नानुमा च्याङथापुस्थित पूर्ण आधारभूत विद्यालयमा कक्षा ४ र १ मा अध्ययनरत थिए।

शव भेटिएको स्थान

जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार शवहरू मंगलबार बिहान झण्डै सात किलोमिटर टाढा बिरुवा खोलाको बगरमा फेला परेका हुन्। दाजु र बहिनीको शव करीब २०० मिटरको फरकमा फेला परेको जानकारी दिँदै उनले भने, "घटनास्थलमा प्रहरीको टोली खटिएको छ, अनुसन्धान अघि बढाइएको छ।"

शव भेटिएको अवस्थाबारे प्रारम्भिक विवरण

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षक खेमराज घिमिरेको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

खोजी अभियान र स्थानीयको प्रतिक्रिया

साउन १५ गतेदेखि बेपत्ता रहेका बालबालिकाको खोजीमा प्रहरी, स्थानीय बासिन्दा, परिवारका सदस्य र जनप्रतिनिधिहरू सक्रिय थिए। हराएको दिनदेखि नै जंगल, खोला किनार, पाखा, बगरलगायत स्थानमा खोजी गरिएको थियो।

घटनाले सिंगो गाउँ शोकमा डुबेको छ। याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले बालबालिका भेटिएको स्थान साविक च्याङथापु–१ र ८ को सीमाक्षेत्रमा रहेको बिरुवा खोला भएको पुष्टि गरे।

रहस्य कायम : अपघात कि योजना?

बालबालिका हराएको र मृत्युको विवरणबीच धेरै कुरा अझै रहस्यमय छन्। शव भेटिएको तरिकाले घटनामा दुर्घटना वा आपराधिक नियत हुनसक्ने आशंका पनि जन्माएको छ। यद्यपि, प्रहरी अनुसन्धानपछि मात्रै वास्तविकता स्पष्ट हुनेछ।


  • Jigyasanepal

थप