Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

भोटेकोसीमा बोलेरो खस्दा दुई जना बेपत्ता

  •   १ वर्ष अघि | १० भदौ २०८२, मङ्लबार

सिन्धुपाल्चोक, भदौ १०, २०८२

अरनिको राजमार्गअन्तर्गत भोटेकोसी गाउँपालिका–४, हिन्दीमा आज दिउँसो बोलेरो गाडी भीषण दुर्घटनामा परेपछि दुई जना बेपत्ता भएका छन्।

दिउँसो करिब साढे ३ बजे तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा२१च ७५४४ नम्बरको बोलेरो सडकबाट करिब २० मिटर तल खस्दै भोटेकोसी नदीमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवराज खरेलले जानकारी दिए।

दुर्घटनाग्रस्त बोलेरो सर्लाही बरहथवा नगरपालिका–२ का २३ वर्षीय चालक राजेशकुमार कुसहवाले चलाइरहेका थिए भने सोही गाडीमा रौतहट बौधिमाई नगरपालिका–१ का २५ वर्षीय राम प्रवेश महतो सहचालकका रूपमा सवार थिए।

उद्धारका क्रममा नदीले एक पुरुषको शव बगाएको देखिएको र हालसम्म चालक तथा सहचालक दुवैजनाको अवस्थाबारे पत्ता नलागेको प्रहरीले जनाएको छ। खोजतलासका लागि घटनास्थलमा प्रहरी टोली परिचालन गरी कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ।

  • Jigyasanepal

थप