Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

अरनिको राजमार्गमा टिफर र मोटरसाइकल ठोक्किँदा एक गम्भीर घाइते, पहिचान खुलेन

  •   १ वर्ष अघि | २ साउन २०८२, शुक्रबार

काभ्रे, साउन २ गते | साँझ १८:४५ बजे

काभ्रेपलाञ्चोकको भूम्लु गाउँपालिका–१०, चौँवन्न किलोस्थित अरनिको राजमार्गमा शुक्रबार साँझ टिफर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवक गम्भीर घाइते भएका छन्।

प्राप्त जानकारी अनुसार, दोलालघाटबाट पाँचखालतर्फ जाँदै गरेको बा ४ ख ४८६८ नम्बरको टिफर र विपरीत दिशाबाट आइरहेको लु ९६ प ९२८५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा परेका मोटरसाइकल चालक अन्दाजी २४/२५ वर्ष उमेरका पुरुष घाइते भएका छन्। हाल घाइतेको नाम, थर र स्थायी ठेगाना खुल्न सकेको छैन। उनलाई गम्भीर अवस्थामा बोल्न नसक्ने अवस्थामा उपचारका लागि तत्काल धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

घाइते व्यक्तिको दायाँ खुट्टामा गहिरो चोट लागेको छ भने उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ।

घटनास्थलमा तत्कालै प्रहरी टोली खटिएको थियो र घाइतेलाई उद्दार गरी अस्पताल पुर्याइएको छ। हालसम्म उक्त मोटरसाइकलमा सवार व्यक्तिको पहिचान खुल्न नसकेकोले प्रहरी प्रशासनले आम सर्वसाधारण तथा सम्भावित आफन्तजनलाई अस्पताल वा प्रहरी सम्पर्क गर्न अनुरोध गरेको छ।

📞 सम्पर्कका लागि:

जिल्ला प्रहरी कार्यालय, काभ्रे

☎ ९८५१२३७३३९ / ९८५१२८४३७६ / ९८५११२३८०५

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ। प्रहरीले दुबै सवारी साधनलाई नियन्त्रणमा लिएको छ।

नोट:

यदि तपाईं उक्त मोटरसाइकल चालकको चिनजानमा हुनुहुन्छ वा पहिचान गर्न सक्नुहुन्छ भने, कृपया तत्काल धुलिखेल अस्पताल वा माथि उल्लेखित प्रहरी नम्बरमा सम्पर्क गर्नुहोस्।


  • Jigyasanepal

थप