Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

हुम्लामा हिमपात: जनजीवन प्रभावित

  •   २ वर्ष अघि | ९ पुस २०८१, मङ्लबार

पुष ९, सिमकोट (हुम्ला) – हुम्लामा भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ। सोमबार दिउँसोसम्म मौसम सामान्य भए पनि रातिदेखि हिमपात सुरु भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए।

सदरमुकाम सिमकोटमा दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकालगायत उच्च भेगमा एक फिटसम्म हिउँ जमेको बताइएको छ। हिमपातसँगै जिल्लामा चिसो अत्यधिक बढेको छ, जसले स्थानीय आवतजावतमा कठिनाइ थपिएको छ।

नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँहरूमा हिमपातले जनजीवन कष्टकर बनेको छ। सदरमुकाम सिमकोटको तापक्रम ‘माइनस डिग्री’मा झरेको छ भने दक्षिणी भेगमा वर्षा भइरहेको छ।

हिमपात र चिसोका कारण विशेष गरी वृद्धवृद्धा र बालबालिकामा स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले स्थानीयलाई सावधानी अपनाउन र हिमपहिरोको सम्भावित जोखिम क्षेत्रबाट टाढा बस्न आग्रह गरिएको छ।

प्रमुख जिल्ला अधिकारीको अपिल

प्रमुख जिल्ला अधिकारी पाण्डेयले हिमपात प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित रहन र आवश्यक परे प्रशासनसँग सम्पर्क गर्न सुझाव दिएका छन्। हिमपातको अवस्थाले जनजीवन असामान्य बनाएको यो समयमा स्थानीय सरकार र अन्य निकायले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिएको छ।


  • Jigyasa media

थप