Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

भारी वर्षा र पहिरोको उच्च जोखिम : प्रमुख राजमार्गमा रातिको यात्रा नगर्न सडक विभागको आग्रह

  •   १ वर्ष अघि | १८ असोज २०८२, शनिबार

काठमाडौं ।

देशभर मनसुन सक्रिय भई असोज १७ देखि २० गतेसम्म अत्यधिक वर्षा हुने पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले जारी गरेपछि सडक विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार नागढुंगा–मुग्लिङ, मुग्लिङ–नारायणगढ, बी.पी. राजमार्ग, अरनिको राजमार्ग, गल्छी–स्याफ्रुबेसी–रसुवागढी, त्रिभुवन राजपथ, र नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड लगायतका स्थानहरूमा राति ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रा नगर्न सवारी चालक र यात्रुलाई विशेष अनुरोध गरिएको छ।

भारी वर्षासँगै पहिरो, सडक अवरुद्ध र आकस्मिक दुर्घटनाको सम्भावना उच्च भएकाले रातिको यात्रा जोखिमपूर्ण हुने विभागको चेतावनी छ।

सडक अवरुद्ध भएमा तुरुन्तै पहिरो हटाउने तयारी भइसकेको विभागले जनाएको छ। साथै, अबरुद्ध वा अन्य आपतकालीन जानकारीका लागि सडक विभागको कन्ट्रोल रुम (टोल–फ्री नम्बर ९८५१४१६८९३) वा नजिकैको सडक कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।

👉 यात्रु र चालकलाई विभागको सुझाव :


अनावश्यक यात्राबाट जोगिनुहोस्


अत्यावश्यक अवस्थामा मात्र दिनको समयमा यात्रा गर्नुहोस्


पहिरो सम्भावित स्थानमा उच्च सतर्कता अपनाउनुहोस्


आपत्कालीन अवस्थाको जानकारी तुरुन्त सम्बन्धित निकायलाई दिनुहोस्

🚨 सडक विभागले सर्वसाधारणलाई सचेत रहन र चार दिनसम्म अत्यधिक सतर्कता अपनाउन आग्रह गरेको छ।

  • Jigyasanepal

थप